सजायको सुधारात्मक व्यवस्थाका सन्दर्भमा खुल्ला कारागार- महेश शर्मा पौडेल
विषय प्रवेश
सजाय कसूरसंग सम्बन्धीत हुन्छ।जहाँ अपराध हुन्छ त्यहाँ मात्रै सजायको अवस्था वा सन्दर्भ उपस्थति हुन्छ।कसूर वा अपराध बिना कसैलाई सजाय दिन सकिदैन।अपराध बिना सजाय हुन नसक्ने मानव अधिकारको विषय हो र यसलाई राज्यको संविधान तथा अन्य कानूनबाट पनि संबोधित गरिएको हुन्छ।अपराध समाजमा घटित हुन्छ र यसलाई निरुत्साहन गर्ने हुन नदिने र भएमा अपराध गर्ने व्यक्तिलाई सजाय दिने अधिकार, दायित्व र कर्तव्य न्यायपालिका वा अन्य न्यायपालिका वा अन्य न्यायिक निकाय वा न्यायसम्पादन गर्न स्थापित संस्था मार्फत निर्वाह गर्दछ।
अहिले विश्वमा कैद दण्ड लागेका अपराधीलाई कारागारमा नै राखेर कैद सजाय भुक्तान गराउनुको सट्टा विभिन्न वैकलुपिक उपायहरुको अबलम्ब गरी अपराधीलाई समाजिकरण गर्ने सुधारात्मक व्यवस्थाहरु अपनाउन थालिएको छ।परम्परागत कारागारको मान्यताभन्दा फरक कारागारको व्यवस्थापन भइरहेको छ।कारागार व्यवस्थापन र दण्ड सुधारलाई मानवअधिकारसंग अन्तरसम्वन्धित गर्न थालिएको छ।परम्परागत कैद दण्डको प्रयोग र कार्यान्वयन पद्धतिबाट के वास्तविक र अपेक्षित रुपमा अपराध नियन्त्रण हुन सक्यो त ?अपराधीको सुधार गर्न परम्परागात कैद वा कारागार प्रणाली कति प्रभावकारी भयो वा अपराधीको सुधार कैदबाट मात्र हुन्छ वा अन्य उपाय अझ प्रभकारी हुन सक्छन् भन्ने जस्ता प्रश्नहरु छलफछका विषय भएका छन् ।परिणामतःअपराधीलाई कारागारमा राखेर मात्रै वा परम्परागत कारागारको कार्यान्वयनबाट मात्रै निजलाई सुधार गर्न सक्निछ भन्ने पुरातनवादी मान्यताहरुमे परिवर्तन आएको छ।
खुल्ला कारागारको मान्यता भनेको कारागारभन्दा बाहिर तोकिएको कुनै स्थानमा भुक्तान गर्न सकिने व्यवस्था हो ।कसूरदारप्रति समाजले राख्ने स्वाभाविक र तात्कालिक आक्रोश शान्त पार्ने, कसूरदारबाट समाजलाई हुन सेक्ने सुरक्षा जोखिमका न्यून हुने, समाजमा पुनर्सथापना हुन सहज हुने, कैदीहरुलाई कारागार भित्र कुज्याएर राख्नुको सट्टा खुल्ला कारागारमा राखिएमा निजले अन्य कामहरु गर्ने अवसर पाउने, त्यसै खेर गइरहेको स्रोतलाई सार्वजनिक उपयोगमा लगाउन पाइने, कसूरदारलाई, समाज भित्र पनि निजको स्वीकारोत्ति बढ्न गई निजको पुनस्थर्पनामा सहयोग मिल्न जाने जस्ता सकारात्मक पक्षहरु यस खुल्ला कारागारमा सन्निहित छन्।प्रस्तुत लेखमा सजायको सुधारात्मक सिद्धान्त, खुल्ला कारागारको अवधारण, खुल्ला कारागारको विशेषता, यसको ऐतिहासिक पक्ष, विभिन्न मुलुकको व्यवस्था र हाम्रो अवस्थाबारेमा संक्षेपमा चर्चा गर्ने प्रयास गरिएको छ।
२.सुधारात्मक सिद्धान्त
हतोत्साहन प्रतिकारात्मक र निबाराणत्मक सिद्धान्तलेको विपरीत सुधारात्मक सिद्धान्तले कसूरदाका धाराणा प्रवृत्ति र आचारणमा परिवर्तन चाहिन्छ जसले गर्दा समाजमा पुनस्थार्पना हुन सकोस् ।यस सिद्धान्त अनुसार सजायले बिगत होइन भविश्य हेर्ने पर्छ भन्ने मान्दछ।अपराध समाजमा सिर्जना हो र अपराध गर्ने व्यक्ति पनि समाजिक वातावरणको प्रभाव र अपराध गर्ने पुगेको हुनसक्ने भएकोले अपराध गर्ने व्यक्तीलाई एक रोगीको रुपमा पनि हेरी त्यसको उपचार गर्नु पर्छ भन्ने यस सिधान्तको मान्यता हो । अपराध गर्ने व्यक्ति मानिस नै भएकोले मानिसबाट त्यस्तो अपराध भूल वा अन्य परिस्थितबाट पनि हुन सक्ने भएकाले त्यसतर्फ पनि सजाय गर्दा ध्यान दिनु पर्छ भन्ने मान्यता राखिन्छ।यस अवधारणमा कुनै व्यक्ति जन्म सिद्ध अपराधी हुदैन र उसलाई अपराधी बनाउनेको लागी समाजिक त्तवहरु परीवेश र परस्थितिले भूमिका निर्वाह गरेको हुन्छ ।१ त्यसैले त्यस्ता तत्वहरु पहिचान गरी त्यस्ता खराब तत्वहरुलाई समाप्त गर्न सक्ने हो भने समाजमा अपराध हुदैन भन्ने सजाय सम्बन्धी अवधारण यसले बोक्दछ।अपराधीलाई होइन अपराधलाई समाप्त पार्नु पर्दछ भन्ने पनि यसले मान्यता राख्दछ।अपराधीलाई समाजिक रोगीको रुपमा हेरी चिकित्सकले विरामी निको पारे जस्तै अपराधीलाई उपचार मार्फत सबल सक्षम अनुशासित नैतिकवान बनाइ त्यस्तो अपराध गर्ने व्यक्तिलाई समाजिकरण र पुनस्थार्पना गर्दै समाजमा पुन स्थापित हुन सक्ने योग्य व्यक्तिमा रुपान्तरण गर्नु पर्दछ भन्ने यस सिद्धान्तको मान्यता हो।२
अहिले विश्वमा अपराधिलाई कैद दण्ड काराबासको माध्यमबाट मात्र कार्यन्वयन नगरी काराबासका विकल्पहरु पहिचान गरी तदनुरुप कानूनको सुधार कार्यहरु हुन थालेका छन्।काराबासमा कैदीहरुको संख्या धेरै भएका कारण काराबासमा कैदीहरु स्थति नाजुक भएको मात्र छैन की काराबासको उपयुक्त ब्यबस्थापन पनि दिन प्रति दिन जटिल समस्या बनिरहेको छ।काराबासमा व्यवस्थापनमा कैदीलाको लाग्ने खर्चका दृष्टले सामाजिक विकासका अन्य खर्च कटौती गर्नु पर्ने बाध्यता पनि पर्दैन।कैदीजिवन पछि कैदमुक्त कैदीहरुलाई सामाजिक घुलमिलमा समस्या भएको मात्र होइन कि कैदले मात्र पनि सबै अपराधलाई सुधार गर्न नसक्ने तथ्य पनि उजागर भएका छन् ।बालबालिका र किशोर तथा स-सना अपराध गर्ने व्यक्तिलाई कैदमा नै राख्दा उनीहरुको भविष्य विग्रने पनि देख्निछ।यी सबै पृष्ठभूमिको आलोक र आवस्यक्ता अनुरुप कैदको विकल्पको प्रयोग शुरु भएको देखिन्छ।
३.खुल्ला कारागारको परिचय
करागारभन्दा बाहिर तोकिएको कुनै स्थानमा रहेर सजाय भुक्तान गर्न सकिने व्यवस्थालाई खुल्ला कारागार भनिन्छ।कारागारको साधुरो स्थानमा मात्र सीमित हुनु नपर्ने अवस्था खुल्ला कारागारले सिर्जना गर्दछ।खुल्ला कारागारका अवधारणमा कसूरदारप्रति विश्वास गरिन्छ र उसलाई कारागारमा बन्द गर्न आवश्यक ठानिदैन ।कारागारमा बन्द नगरी अन्य रहेर पनि निजले कैद सजाय भुक्तान गर्न सक्छ भन्ने ठानीन्छ।यसबाट कसूरदारले उसले सजिलैसंग काम र पेशा सञ्चालन गर्न सकिन्छ।३ खुल्ला कारागारमा कसूरदार भाग्नबाट जोगाउन कम सुरक्षाका व्यवस्थाहरु रहेका हुन्छन् र त्यहाँ सजायको हतोत्साहनको पक्षभन्दा पुनस्थार्पना तथा सुधारका पक्षलाई आत्मसाथ गरीएको हुन्छ ।कारागारको तुलनामा खुल्ला कारागार कम कठोर हुन्छ।४ खुल्ला कारागारमा जस्तै भाग्नबाट रोक्नका लागी कुनै पर्खाल वा यस्तै अन्य व्यवस्था नभइ कैदीलाको आत्मअनुशासनबाट आधारित रहेको हुन्छ।५ यसरी यस परिभाषाबाट खुल्ला कारागारलाई न्युनतम सुरक्षा संयन्त्र (Minimum Security Deviece) को रुपमा लिन सकिन्छ।
सजायको सुधारात्मक व्यवस्थामा खुल्ला कारागार पनि एक महत्वपूर्ण पक्ष हो ।खुल्ला कारागार झन् महत्वपूर्ण वैकल्पिक व्यवस्थाको रुपमा प्रचलनमा आएको छ।खुल्ला कारागारको अबधारण अनुसार कैद सजाय लागेको व्यक्तिलाई कारागारमा नराखी समाजसँग घुलमिल गराइ समाज मानै बसेर काम गर्ने अबसर प्रदान गरिन्छ।यस्तो सुबिधा सामान्यतःपहिलो पटक अपराध गर्ने व्यक्तिलाई मात्र प्रदान गरिन्छ।दण्ड प्रणालिको सुधारवादी सिद्धान्तले परिलक्षित गरेको मान्यता अनुरप नै खुल्ला कारागारको व्यवस्थाको पनि आत्मसात गरिएको र यो विकसित भएको हो। कुनै पनि व्यकुतिला ईकैदमा सजायको रुपमा पठाइने हो सजायको रुपमा कम भन्दा कम स्वतन्त्रबाट बन्चित हुने अवस्थामा सिर्जना गर्नु पर्छ भन्ने दार्शनिक मान्यताका आधारमा समेतको खुल्ला कारागारको अवधारण वा न्यनम समेत खुल्ला कारागारको विकास भएको हो ।
खुल्ला कारागारमा निश्चित अवधि कारागारको बसी सकेको कसूरदारलाई यो सुविधा प्रप्त हुने हुनाले यसलाई प्यारोलकै विस्तारित रुपमा पनि मान्ने गरिएको छ।वास्तवमा खुल्ला कारागार प्रणालीले अपराध गरेका अपराधिले सजाय पाउनु पर्छ भन्ने समाजको तत्कालिक प्रतिक्रिया र समजाय भोगिरहेका कैदीहरु एकै पटक भुक्तान गरेर समाजमा जादा अनुभव गर्नु पर्ने अनिश्चित बीच सन्तुलन कायम गर्ने उद्देश्यले राखेको पाइन्छ।६ केही समय कैदमा बसेपछि मात्र खुल्ला कारागारको सुविधा प्रदान गरिन्छ।यसैले यो प्रणालीमा कुनै कसूरदारलाई शुरु देखि नै कैदमा बस्न नपर्ने गरी निलम्वित कैद प्रणालीमा जस्तो सुविधा भने पाइदैन।
प्यारोल र पुनस्थार्पनाको प्रक्रिया पछिलो समयमा खुल्ला कारागार र खुल्ला क्याम्मपमा विस्तारित भइरहेको छ।कसूरदारलाई गहिरो रुपमा हेरी समाजमा सामान्य नागरिकको रुपमा जीवन यापन गर्न सक्षम बनाइ पुनस्थार्पना गर्नका लागी खुल्ला कारागार विसै शताब्दिमा अबलम्बन गरिएको एक महत्वपूर्ण संयन्त्रका रुपमा लिइन्छ।
______________________
७ N.V.Paraanjape ,Criminology and Penology,Central Law Publication,2009,at 429
४.खुल्ला कारागारको उत्पति
खुल्ला कारागार कारागारको इतिहासमा एकै नयाँ आयमा हो । उन्नाइसौ शताब्दको अन्तिम वर्षमा स्वीजरलैन्डमा खुल्ला कारागार सरहको संरचना जसलाई Witzwill नामले चिनिन्छ स्थापना भएको थियो ।आधुनिक अवधारण अनुसारको खुल्ला कारागारको स्थापना भने संयूक्त अधिराज्यमा सन् १९३० र संयुक्त राज्य अमेरिकामा सन् १९४० को आसपासमा स्थापना भएको थियो ।बेलायतमा खुल्ला कारागार प्रणालीको विकासमा जेल आयोग सदस्य सचिव (१९२२ -१९२७) sir Alexender Palerson को महत्वपूरण योगदान रहेको मानिन्छ।
५.खुल्ला कारागारका विशेषता
खुल्ला कारागारका देहाय बमोजिमका विशेषताहरु हुन्छन्।
६. अन्तराष्टिय अभ्यास
६.१ अमेरिका
अमिरिका उन्नाइसै शताब्दिमा Open Farms नामबाट खुल्ला आकाश कारागार प्रचलानमा आएको थिए।कैद सजाय भुक्तान हुन लागेका बन्दीलाई कारागारबाट यस किसिमका फार्ममा कामदारका रुपमा पठाइन्थयो ।तर यी क्याम्पहरुमा आधुनिक खुल्ला कारागारभन्दा फरक क्याम्प थिए ।यही कुराबाट अमेरीकाबाट काम सुरक्षा रहेको खुल्ला अवधारणको विकास भएको थियो हो ।कारागारको विकास भएको मानिन्छ।
सन् मा अम्रेरिकाको म्यसाच्युट्स र क्यालिफोनिर्यामा कैयौ खुल्ला कारागार क्याम्प सञ्चालनमा आएको थिए।जब क्यालिफोनियाको विधायिकाले कारागार सधारको यथार्थमा सुरुआत भएको थियो ।८ अमेरिकामा विभिन्न राज्यमा विभिन्न नामका न्युनतम सुरक्षाका कारागारहरु प्रचलनमा छन्।अमेरिका यस्ता खुल्ला कारागारहरु कैद सजायमा धेरै हदमा भुक्तान गरेका कसूरदार मात्र होइनकी प्यारोल अधिकारीले सिफारिस गरेका प्रारम्भिक चरणका कसूरदारलाई पनि राखिने व्यसवस्था छ।
६.२असट्रेलिया
अस्ट्रेलियामा पहिलो खुल्ला कारागार क्याम्प भिक्टोरियामा राज्यमा सन् १९३९ मा स्थापना भएको थियो ।यस प्रणालाले ठिक किसिमले काम गरेका कारण दण्ड प्रणालीको एक अभिन्न अंगको रुपमा रहेको छ।कारागारमा धेरै हदमा सजाय भुक्तान गरी सकेका बन्दीलाई सजाय भुक्तान हुनुभन्दा केही समयका अघि यस्ता कारागारमा पुर्नस्थापना र छुट्टकाराका लागि कारागारबाट ल्याइन्छ।
६.३ भारत
भारतमा खुल्ला कारागारको अवधारणको विकास उन्नाइसौ शताब्दिको मध्यबाट सुरु भएको मानिन्छ।जेल प्रशासनको पुनरावलोकनका लागी सन् १८३६ अल इन्डिया जेल कमिटि गठन भएपछि यस अवधारणको विकास भएको हो ।यस पछि पनि यस किसमका जेल कमिटिहरु गठन भए ।सन् १९५६,१९५७ मा गठन भएको जेल कमिटिले खुल्ला कारागारको सिफारिस गरेको थियो ।उत्तर प्रदेशमा सन् १९५४ मा पहिलो पटक खुल्ला (Open Air Camp) क्याम्पको स्थानमा गरिएको थियो ।सन् १९५४ मा आन्ध प्रदेशले Mauli Ali Colony,आसममा Open Air Agricultura Cum Industrial Colony Bagbheta र यसरी नै अन्य प्रदेशमा पनि स्थापना गरियो ।
६.४ अन्य
निदरलैन्ड फ्रान्स नर्वे स्वीडेन हंगेरी बेल्जियम थाइलैन्ड जिम्बाबे भेनुजुएला श्रीलंका आदि मुलुकहरुमा पनि विभिन्न स्वरुप र नामबाट खुल्ला कारागारको अवधारणले मूर्तहरु पाएको मानिन्छ।अर्जेन्टमा कम सजाय हुने बृद्ध र बिरामीलाई घरमानै थुनाको व्यवस्था समेटत रहेको पाइन्छ।
७. नेपालमा खुल्ला कारागारको व्यवस्था
नेपालमा खुल्ला कारागारको व्यवस्थालाई लामो इतिहास छैन।कारागार ऐनमा २०६४ सालमा भएको दोस्रो संशोधनले खुल्ला कारागारको व्यवस्थालाई आत्मसात गरेको हो।तर यो व्यवस्था कार्यान्वयनमा भने आउन सकेन ।यस ऐनमा ‘खुल्ला कारागार’ भन्नाले कैदीलाई तोकिएको समयमा आफूलाई राखिएको ठाउँभन्दा बाहिर समेत गई कुनै काम गर्न पाउने गरी नेपाल सरकारले तोकेको कुनै ठाउँ सम्झनु पर्छ भनी परिभाषा रहेको छ। ‘फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यन्वयन ) ले पनि २०७४ ( यसपछि सजाय निर्धारण तथा ऐन भनिएको ) ले पनि कैदीलाई तोकीएको समयमा आफुलाई राखिएको ठाउँ भन्दा बाहिर समेत गई काम गर्न पाउने गरी नेपाल सरकारले तोकेको कुनै ठाउँ सम्झनु पर्छ भनी परिभाषा गरेको छ।१०
सजाय निर्धारण ऐनमा दुई वर्ष कैद अवधिको दुई तिहाई अवधि भुक्तान गरिसकेको राम्रा आचारण भएको कैदीलाई कारागार प्रमुखको सिफारिसमा सम्बन्धीत जिल्ला अदालतको न्यायधिशले खुल्ला कारागारमा राख्ने आदेश दिन सक्ने व्यवस्था गरिएको छ। सो बमोजिम खुल्ला कारागारमा पठाउँदा निजले पालाना गर्नु पर्ने शर्त तोक्नु पर्ने र खुल्ला कारागारमा राखिएको कसूरदारले सो शर्तहरु पालना गरी त्यस्तो अवधि भुक्तान गरेमा निजले खुल्ला कारागारमा रही त्यस्तो कैद भुक्तान गरेको मानिने व्यवस्था समेत गरेको छ।खुल्ला कारागारमा पठाएको कैद सजाय हुने कुनै कसूर गरेमा निजले आफूलाई तोकिएको बाँकी कैद सजाय कारागारमा बसी भुक्तान गर्नु पर्ने पनि व्यवस्था रहेको छ।११
कारागार ऐनमा १२ प्रचलित कानूनबमोजिम खुल्ला कारागारमा राख्ने सकिने बन्दीलाई कारागार प्रशासकले खुल्ला कारागारमा राखिएको सिफारिस गर्न सक्ने र खुल्ला कारागारमा राखिएको बन्दीलाई देहाय बमोजिमको काममा खटाउन सकिने व्यवस्था छ।यसरी खटाइएको बन्दीलाई निजको योगदानका आधारमा नेपाल सरकारले तोकेको न्यून परिश्रमिकभन्दा कम नहुने गरी परिश्रमिक उपलब्ध गराउनु पर्ने छ।
___________________
९. कारागार ऐन, २०७९ को दफा २(च)
१०. फौजदारी कसूर( सजाय निर्धारण तथा कार्यान्वयन )ऐन, २०७४ को दफा २८
११.
Comments: