माओवादी विद्रहो र भारतीय भुमीका चिनेर पनि नचिनेको कानूनी पाटो

  • Home
  • Blog
  • माओवादी विद्रहो र भारतीय भुमीका चिनेर पनि नचिनेको कानूनी पाटो
माओवादी  विद्रहो र भारतीय भुमीका चिनेर पनि नचिनेको कानूनी पाटो

माओवादी विद्रहो र भारतीय भुमीका चिनेर पनि नचिनेको कानूनी पाटो

  • February 05, 2024

नेपालमा र नेपाली मानसपटलमा र समाजमा शदियौँ देखि अन्यत र अत्याचारमा पिल्सीएका कानुनी दुरीबाट टाडा दूरदराज जनता आफै विष्टको अवस्थामा थिए । बहुदलवादी शासन  आउँदा राहत पाइन्छ कि भन्ने थियो तर परिणाम उल्टो भयो ।  यही मौका छोपी भारतको जवाहरलाल नेहरुले विश्वविधालयमा अध्ययन गरेका डा.बाबुराम भट्टराईलाई साथमा लिएर प्रचण्डले विद्रोहको शंखनाद गरे । माओवादी विद्रोहले आकार लिँदै जाँदा मारकाटले भयानक रुप लियो , माओवादीतर्फ काटिने मारिनेमा तिनै पीडित परे।आखीर बाँचे पनि केही नहुने भएकोले उनीहरुले आहती दिए ।क्रमशः यसलाई गिजोल्ने काम मात्र गरीयो ।एकाअर्कालाई मारकाट गर्न मुलुक भित्रका नेतागणसमेतले माओवादीलाई नै प्रयोग गरे । मारिने डरले माओवादी उच्च नेताहरु सहजै भारत प्रवेश गर्न पाए मात्र होइन,उनीहरुले भारतमा आश्रयस्थल समेत पाए ।यो अवस्थामा माओवादी विद्रोहको अवतरण मुलुकी भित्रको प्रयासबाट नहुने देखेर नेताहरु (माधवकुमार  नेपाल समेत  ) भारत धाउन थाले।विद्रोही एवम् सत्तापक्षीय नेतासमेतले भारतलाई यसको  रेफ्री मान्न तयार भएपछि भारतले आफनो भूमिका निर्वाह गर्दै १२ बूँदे सम्झौता गराएको सबै सामु छ। हामी पराधनीता तर्फ जानु यी र यस्तै कारण हुन।
यहाँ भारतको कुरा जोडिएरै आउँछ।बेलायती शासनबाट मुक्त भएपछि कायम भएको भारतले बेलायतसमेतका धेरै मुलुकलाई उछिने आर्थिक एवम सैनिक शक्तिको गन्तीमा पुगेको छ। भारतीयहरुका लागी यो गैरवको विषय हो भने छिमेकी हुनका लागी यो गौरवो विषय हो भन्ने छिमेकी हुनुका नाताले हामीलाई  पनि गौरव  हुने हो। भारतको विरोधको नौंटकी गरेर राजनितीमा स्थान खोज्नेको भिड नेपालमा कम छैन ।तर यस्तो नौंटकीले काम गर्दैन। कर्म र कुराको आफ्नै हनुपर्छ।शुसानमा मुलुक चलाउन र प्रगति गर्न नसक्नु हाम्रो कमजोरी हो। कानूनी शासन चलारउने भनेर ल्याएको व्यवस्था कुशासनको पर्याय बनेको छ।यस्तोमा देशी विदेशी तत्वहरुले खेल्ने पाउँछन् नै। त्यसैले कुरा सुशासन किन भएन भनेर खोज्नु पर्छ। यसको कारण भ्रष्टचारका नै हो भन्ने पाइन्छ।हामी कहाँ असंख्या भ्रष्टचारका काण्ड छन्। माओवादी  विद्रहोह र भारतीय भमूका नचिनेको कानूनी पाटो यसमा देखिन्छ। भारतीय पक्षबाट असल घोडा खोज्ने र काम नलाग्ने भए पछि तबेलामा बादी दिने गरेको अबस्था हो भन्न सबिने अबस्था कसो नहरल।
 

Comments: