घर बहालको अर्थ
सामान्यतःघरको शाव्दिक अर्थ ‘गारो लगाई छानुहालेर बनाएको मानिस बस्ने ठाउः गृहःआलयः भवनःनिकेतन निवासस्थानः आवास हो।अर्को शब्दमा निवासःमानिसहरुको बसोबास लागी बनाएको इमरात।‘घर’तला र खण्डहरुमा विभाजित इमरात हो।जसको चार भित्ता,छत,ढोका र झयालहरु हुन्छ। त्यस्तै बहालको शाब्दिक अर्थ घर,कोठी,पसल आदि उपयोग गरेबापत घरधनीलाई बुझाउने शुल्कःभाडाःकिराय हो।अर्को शब्दमा घर-जग्गा चलाउन गर्न दिएबापत पाइने रकम,किराया लगान हो।मुलुकी देवानी संहिता २०७४(यसपछि ‘संहिता’ मात्र भनिने छ ) ले के कस्तो अवस्थामा घर बहाल दिइएको मानिन्छ भन्ने सम्बन्धमा कसले आफनो हक,भोग वा स्वामित्वमा रहेको घर रकम लिने गरी निश्चित समयको लागी कुनै व्यतिलाइ उपयोग गर्न दिइएकोमा बहालमा दिइएको मानिने भनि घर बहालको परिभाषा गरेको पाइन्छ।यस प्रयोजनार्थ ‘घर’ भन्नाले कुनै घर, घरको तल्ला,एकाइ ,कोठा वा त्यस्तो घरले चर्चेको जग्गा वा लगापातसमेत सम्झनु पर्नो भनि घरको परिभाषा गरिएको पाइन्छ।समग्रमा ‘घर बहाल ’ भन्नाले देहायको तत्वहरुको विधमान रहेको अवस्थालाई जनाउँदछः
१.घर धनीले आफनो हक,भोग वा स्वामित्वको घर
२.रकम लिने गरी निश्चित समयको लागी
३.बहालमा लिने ब्यतिलाई उपयोग गर्न दिएको
२.सम्बृद्ध कानून
सिद्धान्ततःगाँस,बास र कपास हरेक मानिसका लागी अहरणिय एव आधारभूत मानव अधिकार नै हुन्।उचित वासस्थानको अभावमा मानव समाजको परिकल्पना गर्ना सकिन्न।वस्तुतःआफनो घर होस् वा बहालमा लिएको घर होसःहरेक मानिसको लागी उचित वासस्थानको अधिकार (right to adequate habitat) को आवश्यकता पर्ने कुरामा पर्ने विवाद हुनु सक्दैन।तसर्थ, मानव अधिकारको विश्व्यापी घोषणापत्र १९४८ ले प्रत्येक व्यतिलाई आफनो र आफनो परिबारको स्वास्थ्य एंव कल्याणको लागी आवाको सुविधा पाउने अधिकार समेतको प्रतयाभूत गरेको पाईन्छ।त्यस्तै आर्थिक,सामाजिक तथा साँस्कृतिक अधिकारसम्बन्धी अन्तराष्टिय प्रतिज्ञापत्र,१९६६ ले अन्य कुरामा अतिरित्त प्रतयेक व्यतिको उचित बसोबासको मानव अधिकारलाई हरेक पक्ष राष्ट्रले स्वीकार,सम्मान र सुनिश्चित गर्ने तर्फ उपयूक्त पहल गर्ने र नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तराष्ट्रय प्रतिज्ञापत्र,१९६६ ले प्रत्येक व्यतिलाई आवाजस रोज्न पाउने स्वतन्त्रताको अधिकार हुने कुराको सुनिश्चित गरेको पाईन्छ। महिला विरुद्ध सबै प्रकारका भेदभाव उन्मूलन गर्ने सम्बन्धी महासन्धि,१९७९ ले पनि खास गरी अन्य कुराका अतिरिक्त आवासका सम्बन्धमा पर्याप्त जीवनयापन अवस्थाहरुको उपभोग गर्ने अधिकार को साथै आवास तथा बसोबास छान्न पाउने स्वतन्त्रताका सम्बन्धमा महिला तथा पुरुषलाई समान अधिकारको प्रत्याभूत गरेको पाइन्छ।यस सन्दर्भमा आर्थिक,समाजिक तथा सांस्कृतिक अधिकारसम्बन्धी अन्तराष्ट्रय प्रतिज्ञापत्र,१९६६ को धारा ११ (१) को विषयलाई लिएर सो प्रतिज्ञापत्र अन्तर्गतको मानव अधिकार समितिले सन् १९९१ डिसेम्बर १३ मा पारित गरेको सामान्य टिप्पणी (General Comment No.4) मा उचित बसोबासको अधिकार (Right to adequate habitat) अन्तर्गत देहायाका ७ तत्तवहरुको सुनिश्चितता खोज्दछ भनी उदघोष गरेको पाइन्छः
1.Legal security of tenure.
2.Availability of services,materials,facilities and infrastructure.
3.Affordability.
4.Habitability.
5.Accessibility
6.Location.
7.Culturl adequacy.
प्रस्तुत टिप्पणी अनुसार उचित वासस्थानको अधिकारले अन्य कुराका अतिरिक्त घर बहालमा बस्नू व्यतिको बहाल अभधिको कानून सुरक्षा,सेवा,सुविधा,भैतिक पुर्वधारको सुलभता,घरको बहाल धान्न सक्ने स्तर,बहालमा बस्ने घर बसोबासयोग्य,पहुँचयोग्यट्;उपउयुक्त स्थान र सांस्कृतिक उपलधतासमेत समेटदछ।
नेपालको संविधानले प्रत्येक नागरीकलाई बसोबास गर्न स्वतन्त्रता,प्रत्येक नागरिकलाई उपयुक्त हक,राज्यले आवासविहिन दलितलाई कानूनबमोजिम बसोबासको व्यवस्था गर्ने र सबै जनआन्दलोन,सशस्त्र संङघर्ष र क्रान्तिका क्रममा जीवन उत्सर्ग गर्न शहीदका परिवार बेपता पारिएका व्यतिका परिबार,लोकतन्त्रका योद्धा द्धन्द्ध पिडित र विस्थापित,अपाङ्ग्ता भएका वयक्ति, घाईते तथ पिडितलाई अन्य कुराका अतिरिक्त आवासमा कानूनबमोजिम प्रथमिकताका साथ अवसर पाउने हक समेतको प्रत्याभूत गरेको पाइन्छ। तयस्तै प्रस्तुत संविधानले नागरिकका आधारभुत आवश्यकता सम्बन्धी नीतिअन्तर्गत अव्यवस्थित बसोबसलाई व्यवस्थित गर्ने तथा योजनावद्ध र व्यवस्थित बस्ती विकास गर्ने र सामाजिक न्याय र समावेशीकरणसम्बन्धी नीतिअन्तगार्त मुक्त कमैया,कम्हलरी, हरवा,चरवा, हलिया ,भूमिहीन,सुकुम्बासीहरुको पहिचान गरी बसोबासका लागि घर घडेरीसमेतको व्यवस्था गर्दै पुनर्स्थापना गर्ने कुरालाई सामाहित गरेको पाइन्छ।
३.घर बहालसम्बन्धी कानून
हाम्रो मुलुकको सन्दर्भमा मुलुकी ऐन,तेस्रा भागले घर बहाल सम्बन्धमा ‘ घर पसलका धनीले बाहाल लिने गरी वा नलिने गरी लिखित कबूलियत गराई आफनु घर पसलमा अरुलाई बस्न दिँदा यति वर्ष महिना दिनसम्मा दिउँला त्यसभित्र उठाइनेछैन भन्ने किटि लिखत गराई बस्न दिएकोमा लिखतैबमोजिम हुन्छ।बीचमा उठाउन हुँदैन यस बखत छाडीदिनु भनी लिखितमा नकिटी सम्वत् १९९६ साल चैत १ गतेदेखि यो ऐन जारी नहुँदै अघिदेखि बसेकालाई यो ऐन जारी भएको मितिदेखि ५ वर्षसम्म उठाउन हुँदैन त्यसपछि उठाउनु वा राख्नु धनीको खुश सो म्यादभित्र धनी हकदार आफूहरु नै बस्नलाई चाहिने भयो वा घर पसलबाट नउठाई नहुने चोरी डाँका गरी वा घर पसलका धनीको जहानमा करणी गरी अथवा उठाउनु पर्ने सम्मको अरु मुनासिव माफिकको कारण पेर्न आयो भने बाहाल नअडयाई पनि चाहिएका बखतमा उठाई पाँउछ बाहाल नअडयाई आफूहरुलाई बस्नलाई भनी बाहाना गारी वा अत्तो लगाई उठाउन र अरुलाई राखे राख्नन भने पाउँदैन आफूहरु बस्नलाई भनी उठाई पठाएमा ३ वर्षभित्र अघि बस्नेले बस्न पाउँ भनी उजुर गर्न आए उसैलाई बस्न दिनुपर्छ सरकारी घर पसलको हकमा सवाल सनदबमोजिम हुन्छ।‘ र ‘ घर पसलबाट बसिरहेको मानिसलाई कुनै बेहोराले उठाउन पर्ने भएमा ३५ दिन अगाबै घर पसल छाडी खाली गरी दिनू भनी जनाउ दिई मात्र उठाउनु पर्छ लेखिएको म्याद अगाबै जनाउ नदिई त्यसै उठाउन हुँदैन भन्ने कानूनी व्यवस्था गरेको थियो।
साबिक मुलुकी ऐनले पनि सोही कानूनी व्यवस्थालाई निरन्तरता प्रदान गरी घर बहाल सम्बन्धमा मूलतःदेहायका विषयहरुलाई सम्बोधन गरेको थियो।
प्रसतुत कानुनी व्यवस्थाले सन्दर्भमा सम्मानित सर्वोच्च अदालतबाट ‘…सो कानूनी व्यवस्थाले घर बहालस्मबन्धी विधमान सामाजिक अवस्था,दायित्व,घरधनी र बहालमा बस्नेको हक ,अधिकार, दायित्व र सम्बन्ध तथा घरधनीको राज्यप्रतिको दायित्वसमेतलाई यथोचित ढङ्गले समेट्रन सकेको नदेखिएको हुँदा जनताको मानव अधिकारको रुपमा आवससम्बन्धी हकलाई हृदयगम गरी व्यापक रुपमा वैज्ञानिक ढङ्गले आवास नीति तयार पार्नुपर्ने र त्यस्तो नीतीमा…..न्युनतम् मापदण्डहरसमेत समावेश गरी घर बहालसम्बन्धी विशेष कानून बनाउने र उपरोत्त आवास नीति कार्यान्वयन गर्नेतर्फ यो आदेश प्राप्त भएका मितिले एक वर्षभित्र कार्य प्रारम्भ गर्नु’’ भनी नेपाल सरकारसमेतको नाममा जारी भएको निर्देशनात्मक आदेशको भावनारुप उचित वासस्थानको अधिकारअन्तर्गतका सम्पूर्ण तत्वहरुलाई समेट्रन नसके तापनी संहिताको भाग-४ अन्तर्गत परिच्छेद -९ घर बहाल सम्बन्धमा बहालको परिभाषा अनुसुरक्षित घर बहालमा दिन लिन नहुने घर बहालको अविधि बहाल दिँदा सम्झैता गर्नपर्ने घरको घरको र मालसमानको विवरण दिनुपर्ने घरधनी दायित्व बहालमा लिनेको दायित्व बहालमा बुझाउँने दायित्व घरको बिमा गराउनु पर्ने घरको मर्मत सम्भार पुनःबहालमा दिन सक्ने स्वीकृति बिना संरचना गर्न नहुने सम्झैताविपरीत घर प्रयोग गर्न नहुने सम्झैता हेरफेर गर्न सक्ने निरीक्षण गर्न सक्ने बहालमा लिएको घर छाड्न सक्ने बहलमा लिने व्यक्तिलाई हटाउन सक्ने बहालमको सम्झैता समाप्त भएको मानिने मालसमान वा वस्तु दुरुस्त बुझाउँनु पर्ने घर खाली गराउन सक्ने र हदम्यादसमेतको विस्तृत कानूनी व्यवस्था गरेको पाइन्छ।
४.घर बहालको सन्दर्भमा मूलभूत तत्व र तत्सम्बन्धी कानूनी व्यवस्था
कानूनतःकसैले आफनो हक ,भोग वा स्वामित्वमा रहेको घर रकम लिने गरी निश्चित समयको लागी कुनै व्यक्तिलाई उपयोग गर्न दिएकोमा घर बहाल दिएको मानिन्छ।अतःघर बहालका सन्दर्भमा मूलतःदेहायाका चार तत्व महत्वपूर्ण हुन्छ।सामान्यतःती चार तत्वमध्ये कुनै एक तत्वको अभावमा घर बहालको अर्थ र आचित्य हुन सक्दैनर।
४.१ घरधनी (House Owener)
घर बहालको लागी आवश्यक तत्वमध्ये घरधनी पनि एक हो।घरधनी भन्नाले आफनो हक,भोग वा सवामित्वमा रहेको घर रकम लिने गरी निश्चित समयको लागी उपयोग गर् अर्को व्यक्तिलाई बहालमा दिने व्यक्तिलाई जनाउँदछ।कानूनतःघरधनीमा केही आधारभूत अधिकार र दायित्व अन्तर्निहित रहेको हुन्छ।संहिताले घरधनीको अधिकार र दायित्वको सम्बन्धमा देहायबमोजिमको व्यवस्था गरेको पाइन्छः
४..१.१अधिकारः
घरधनीको महत्वपूर्ण अधिकारमध्ये बहाल पाउने घरधनीले बहाल लिने व्यक्तिसँग रकम लिने गरी निश्चित अवधिका लागी बहालमा दिएको हुन्छ।कानून र सम्झैता शर्त,समय र सीमाबमोजिम बहाल लिने वा अग्रिम रुपमा दिएको बहाल रमबाट कट्टा गर्ने अधिकारसमेत घरधनीको आधारभूत अधिकार मानिन्छ।१
घरधनीमा आफूले बहालमा दिएको घरको अवसेथामा के कस्तो रहेको छ भन्ने सम्बन्धमा निरीक्षण गर्न सक्ने अधिकार अन्तर्निहित रहेको हुन्छ।तसर्थ घरधनीले बहालमा लिने व्यक्तिलाई अग्रिम जानकारी दिई बहालमा दिएको समयमा निरीक्षण गर्न सक्नेछ।२
घरधनीले देहायाका कुनै अवस्थामा बहालमा लिने व्यक्तिलाई घरबाट हटाउन सक्नेछ।३
घरबहालसम्बन्धी व्यवस्थासंग सम्बद्ध परिच्छेदमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनी कुनै व्यक्ति बिना सूचना तीन महिना वा सोभन्दा बढी अवधिसम्म बहाल रकम नबुझाई बेपता भएमा र निजलाई सार्वजनिक रुपमा सूचना गर्दा वा निजको ठेगानामा पत्रचार गर्दा पनि फेला नपरेमा वा फेला परे पनि निज वा निजका कुनै हकवाला वा प्रतिनिधि उपस्थित नभएमा घरधनीले स्थानीय तहको सम्बन्धीत वडा कार्यलयलमा त्यस्तो व्यहोराको निवेदन दिनु पर्ने र त्यस्तो निवेदन परेमा सम्बन्धीत वडा कार्यलयले १५ दिनको सूचना दिई बहालवालालाई उपस्थित हुन सार्वजनिक सूचना गर्नेछ।त्यसरी सूचना प्रकाशन भएकोमा बहालवाला व्यक्ति सो अवधिभित्र उपस्थित नभएमा सम्बन्धीत वडा कार्यलयले बहालमा रहेको घर खोली मालसमान आफनो वा कुनै मानिसको जिम्मा रहने गरी घर खाली गराउन सक्नेछ ।त्यसरी बेपता भएको मानिस ६ महिनाभित्र फर्की आएमा वा आफनो कुनै प्रतिनिधि पठाएमा सम्बन्धीत वडा कार्यलयले बहालबापतको बाँकी रकम लिई मालसमान निजलाई फिर्ता दिनु पर्नेछ। सम्बन्धीत वडा कार्यलयले निवेदन परेको एक महिनाभित्र पनि कुनै कारवाही नगरेमा घरधनी आफैले सम्बन्धीत वडा कार्यलय र नजिकको प्रहरी कार्यलयमा निवेदन दिई प्रहरी कर्मचारी र कम्तिमा २ जना स्थानीय व्यक्तिलाई साक्षी राखी लिखित खडा गरी घर खोली निजको मालसमान प्रहरीको जिम्मा दिनुपर्ने समेत व्यवस्था रहेको छ।४
Comments: